Offcanvas
Edit Template

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

Share
Share
Share
Share
Share

मेसेन्जर, ह्वाट्सएप जस्तै एउटा सामाजिक सञ्जाल हो, टेलिग्राम । नि:शुल्क चलाउन मिल्ने यो प्लेटफर्ममा क्लाउडमा आधारित इन्स्ट्यान्ट मेसेजिङ र भ्वाइस ओभर आईपी सेवा पाइन्छ । सामान्यत कल गर्न, टेक्स्टहरू पठाउन मिल्छ ।

टेलिग्राम एन्ड्रोइड, आईओएस, विन्डोज फोन, म्याकओएस, लिनक्स र डेस्कटप लगायतका विभिन्न प्लेटफर्महरूमा उपलब्ध छ । यसबाट टेक्स्ट मेसेजसँगै फोटो, भिडियो र दुई जीबीसम्मका कुनै पनि प्रकारका फाइलहरू पठाउन सकिन्छ । यसमा जस्तो पनि फाइल पठाउन सकिन्छ । कुनै प्रकार वा आकार (प्रिमियम प्रयोगकर्तले ४ जीबीसम्म पठाउन सक्ने)मा कुनै सीमा छैन ।

 

टेलिग्रामको सबैभन्दा प्रमुख विशेषता यसको ग्रुप च्याट हो । जसमा दुई लाखसम्म अन्य प्रयोगकर्ता जोडिन सक्छन् । यसबाहेक टेलिग्राम च्यानल पनि हो । जसमा हजारौंमा प्रयोगकर्ताहरूलाई जोड्न सकिन्छ ।

त्यस्तै अर्को महत्त्वपूर्ण फिचर हो ‘बट्स’ (Bots) । सामान्य अर्थमा बुझ्दा यो भनेको एप भित्र चल्ने साना स्वचालित एपहरू नै हुन् । त्यस्ता बट्सहरूले विभिन्न कामहरू गर्न सक्छन् । यति सम्म कि यिनले भुक्तानी प्लेटफर्म जसरी पनि काम गर्न सक्छ ।

 

सन् २०२३ मा टेलिग्रामले ल्याएको ‘रियल टाइम ट्रान्सलेसन’ फिचर पनि आकर्षक नै छ । यसबाट प्रयोगकर्ताले तत्कालै अन्य भाषामा अनुवाद गरेर पढ्न सक्छन् ।

विशेषत: टेलिग्रामले आफूलाई ‘अत्यन्त सुरक्षित’ र ‘निजी’ मेसेजिङ एपको रुपमा प्रस्तुत गर्दै आइरहेको छ । यसमा सेक्रेट च्याट पनि गर्न मिल्छ । जुन एन्ड-टु-एन्ड इन्क्रिप्टेडमा हुन्छ । अर्थात् पठाउने र पाउने व्यक्तिले मात्र पढ्न सक्छन् ।

यी कुराहरू त राम्रो सुनिएका छन्, कि कसो !

तर यिनै फिचरहरूको कारण देखाएर नेपाल सरकारले यो एपलाई अनुपयुक्त घोषणा गर्‍यो । हालै सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले यो बन्द गराएको छ ।

भनौं, यो एपको समस्या स्थानीय मात्र छैन । विश्वव्यापी नै छ ।

रुसी दाइभाइ निकोलाई दुरोभ र पाभेल दुरोभले सन् २०१३ मा टेलिग्राम सुरु गरेका थिए । टेलिग्राम अघि उनीहरूले रुसको सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘भीके’ बनाएका थिए ।

नेपालमा टेलिग्राम एप बन्द

 

टेलिग्रामका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभलाई रुसमा मार्क जुकरबर्गको रूपमा चिनिने गरिन्छ । किनकि उनले जम्मा २२ वर्षको उमेरमा भीके बनाएका थिए ।

सन् २०१४ मा रुसी सरकारको दबाब झेल्न नसकेर पाभेल दुरोभले भीके छाडिदिए । त्यसबेला सरकारले उनलाई प्रयोगकर्ताहरूको इन्क्रिप्टेड डेटा मागेका थिए । जुन उनले दिएनन् । उल्टै देश नै छाडिदिए । र फ्रान्स बस्न गए । उनी सन् २०२१ मा फ्रान्सेली नागरिक बने । तर पछिल्लो घटनाक्रमपछि भने हाल उनी दुबईमा बसिरहेको बताइन्छ ।

टेलिग्राम बनाउँदा दुरोभ दाइभाइले गोपनीयतालाई विशेष महत्व दिएका दिए । ‘प्राइभेसी फर्स्ट’ भन्ने उनीहरूको मूल मन्त्र नै थियो । यसकारण उनीहरूले प्रयोगकर्ताहरूको गोपनीयता र सञ्चारको स्वतन्त्रतामा जोड दिए । सरकारी निगरानी तथा तेस्रो पक्षको हस्तक्षेपलाई एपबाट टाढै राख्दै गए । अन्य प्लेटफर्महरूको तुलनामा कम मोडरेट गर्दै गए ।

तर यही खुला नीतिले आपराधिक गतिविधिहरूका लागि टेलिग्राम स्वर्ग बन्दै गयो ।

 

२०२४ अगस्टमा यसका सीईओ पाभेल दुरोभ फ्रान्सबाटै पक्राउ परे । पक्राउको कारण एपले गैरकानुनी कारोबार, लागु औषध तस्करी, ठगी तथा बाल यौन शोषणका घटना बढाउन सहयोग पुर्‍याउनु थियो ।

भलै उनी केही दिनमै जमानतमा छुटे । तर एपको संस्थापक सीईओ नै गैरकानूनी कामको जिम्मेवारका लागि पक्राउ पर्दा एक प्रकारको तरङ्ग पैदा भयो । अन्तर्राष्ट्रिय मिडियाहरूले टेलिग्रामलाई ‘डार्कवेब’ भनेर लेखे ।

डार्कवेबलाई लुकेर रहेको इन्टरनेट भनेर बुझ्न सकिन्छ । जसलाई मुलत: आपराधिक गतिविधि (सबै होइन)का लागि प्रयोग गरिन्छ । टेलिग्राममाथि गरेका विभिन्न अध्ययनहरूका आधारमा यसो भनिएको हो ।

संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालयको एक रिपोर्ट अनुसार टेलिग्राम संगठित अपराधका लागि एक प्रमुख माध्यम बनेको छ । एपको खुलापन, ठूलो समूह/च्यानल बनाउन सकिने क्षमता र कम्पनीको कम मध्यस्थताका कारण त्यस्तो बनेको हो ।

यिनैकारण एपमा साइबर ठगी, अवैध जुवा, सम्पत्ति शुद्धीकरण, आपराधिक (गैरकानूनी) बजारका गतिविधि भइरहेका हुन् । कस्तोसम्म छ भने मालवेयर, चोरीका डेटा, हातहतियार, हत्याका गर्ने मान्छे/समूह जस्ता अवैध सामग्री/वस्तुहरू बेच्ने गरिन्छ ।

हो, यिनै आधारमा विश्वका कतिपय देशहरूले टेलिग्राममाथि पूर्ण वा आंशिक प्रतिबन्ध लगाएका छन् । सन् २०१८ देखि २०२० सम्म रुसले टेलिग्राममा पूर्णप्रतिबन्धित लगायो । जसको मुख्य कारण प्लेटफर्मले रुसी अधिकारीहरूलाई प्रयोगकर्ताको डेटा उपलब्ध गराउन अस्वीकार गर्नु थियो ।

सन् २०१५ देखि टेलिग्राममा चीनमा प्रतिबन्ध लगाइएको छ । टेलिग्रामका सर्भरहरूमा डिनायल अफ सर्भिस आक्रमण (DDoS-धेरै कम्प्युटरहरूबाट एकैसाथ कुनै नेटवर्क, सर्भर वा वेबसाइटमा अत्यधिक ट्राफिक पठाएर ओभरलोड गर्ने एक प्रकारको साइबर आक्रमण) भएपछि यो प्रतिबन्ध लगाइएको थियो ।

त्यस्तै सन् २०१८ देखि इरानमा, मार्च २०२३ देखि स्पेनमा र हालै मात्र भियतनाममा टेलिग्रामलाई प्रतिबन्ध लगाइएको छ । यता सन् २०२२ मा गैरकानूनी ६४ च्यानलहरू फेला परेपछि जर्मनीले टेलिग्रामलाई प्रतिबन्ध लगाउने विचार गरेको थियो ।

तर सरकारलाई ५० लाख युरो जरिवाना तिर्ने र ती च्यानल हटाउने भएपछि टेलिग्रामलाई फुकुवा गरिएको थियो । त्यस्तै नर्वेमा सरकारी कम्प्युटरहरूमा टेलिग्राम प्रयोग गर्न प्रतिबन्ध छ । बेलायतमा एपमाथि थप नियमनको माग उठेको छ ।

अहिले नेपालमा टेलिग्राम एप औपचारिक रुपमा बन्द भइसकेको छ । तर सरकारलाई याद होस् – टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकहरूले भीपीएन एपहरू डाउनलोड गरेका थिए । कति साना तथा मझौंला उद्योगहरू मार्कामा परेका थिए ।

भलै टिकटक जत्तिकै टेलिग्रामको प्रभाव नदेखिएला । तर नेपाल कत्तिको लोकतान्त्रिक छ भन्ने देखियो । तर अचम्म लाग्दो जति टिकटक बन्द हुँदा अथवा नेपालमा फेसबुक, इस्टा जस्ता प्लेटफर्म बन्द गर्ने भन्ने सरकारी धम्की आउँदा आवज उठेको थियो, यसपटक त्यति सुनिएन । सुनिरहेको छैन ।

डिकु नामक ह्याकर समूहले भने केही सरकारी वेबसाइटलाई कब्जामा लिँदै ‘टेलिग्राम प्रतिबन्ध फिर्ता गर’ भनेर आवाज उठाए । तर, वाक स्वतन्त्रताबारे आवाज उठाउँदै आइरहेकाहरू मौन जस्तै छन् ।

यसो हुनुमा टेलिग्रामको नेपाली प्रयोगकर्ता कम भएका हुन सक्छन् । अथवा टेलिग्रामको वैकल्पिक माध्यम अरु नै (ह्वाट्सएप, भाइबर, मेसेन्जर आदि) भएको हुन सक्छ । तर सरकारले हिजो टिकटक बन्द गर्यो । आज टेलिग्राम गर्यो । भोली फेसबुक, इस्टा गर्ला ।

के यो दमन होइन र ? के यो वाक स्वतन्त्रतामाथिको प्रहार होइन र!

टेलिग्रामका सीईओ दुरोभ पक्राउ पर्दा मुख्यत: दुई वटा विषय वहसमा आएका थिए । पहिलो, स्वतन्त्रता । मान्छेहरू सकेसम्म स्वच्छन्द हुन चाहन्छन् । भएकै कानुनहरूलाई पनि मिचेर जान चाहन्छन् । दोस्रो, नियमन । कतिसम्म कसरी निमयन गर्ने ।

टेलिग्राम बन्द गर्ने सरकारको निर्णय रुसी दूतावासद्वारा अवज्ञा

 

पाभेल दुरोभ यही नियमनको विरोधी हुन् । उनी नियमनमार्फत सरकारले प्रयोगकर्ताहरूमाथि सधैं गिद्दे नजरले हेर्ने विश्वास गर्छन् । र, खासमा यहीकारणले नै टेलिग्राम जस्तो स्वछन्द एप जन्मेको थियो ।

अनलाइनखबरसँग सम्पर्कमा आएका केही टेलिग्राम प्रयोगकर्ताहरूले ‘बेटिङ’का कारण आफूहरूले एप चलाउन थालेको बताए । केहीले भने जागिरको लोभमा आफूहरूलाई अरूहरूले एप चलाउन लगाएको बताउँदा आईटी विषय अध्ययनरत केहीले ह्याकिङ सम्बन्धीका गतिविधिका लागि एप चलाउन लागेको बताए ।

टेलिग्राम चलाउन मोबाइल एप चाहिने र बारम्बार युजर नेम परिवर्तन गर्न सकिने भएकाले यहाँ उनीहरूको परिचय राखिएन ।

उनीहरू जस्तै नेपालमा टेलिग्राम लाखौंले प्रयोग गरिरहेका हुन सक्छन् । सार्वजनिक तथ्याङ्कको अभाव छ । सिमिलरवेबका अनुसार नेपालमा कम्युनिकेसन ग्याटगोरीमा सबैभन्दा बढी प्रयोग गरिने एपमा टेलिग्राम पाँचौं स्थानमा छ । यसबाट पनि टेलिग्रामको नेपाली प्रयोगकर्ता धेरै नै रहेको अनुमान गर्न सकिन्छ ।

तर एपमार्फत नेपालमा पनि गैरकानूनी गतिविधिहरू भइरहेकोमा शङ्का छैन । अझ योभन्दा बढी नै भइरहेको पनि हुन सक्छ ।

अन्त्यमा जाँदाजाँदै सीईओ पक्राउ हुँदा टेलिग्रामले बताएको कुरा उल्लेख गरौं-बारम्बार एपको दुरुपयोग हुँदा एप अथवा मालिक जिम्मेवार छ भन्नु तर्कसङ्गत हुँदैन ।
एपलाई प्रतिबन्ध गर्ने भन्दा पनि त्यहाँ गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउने कि एपै बन्द गर्ने ?

कुनै तलाउ फोहोर भयो भने, त्यसलाई पुर्ने कि सफा गर्ने ?

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V