Offcanvas
Edit Template

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

Share
Share
Share
Share
Share

११ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेकी हुन् ।

 

वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि महाअभियोग लगाउनुपर्ने उनको तर्क थियो ।

‘हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको सवालमा विशेष अदालतले प्रश्न उठाएको छ । निर्णय गर्दाका बखत अन्य सदस्यलाई मुद्दा अभियोजन गरिएको तर राईमाथि अभियोजन नगरी चयनमुखी दृष्टिकोण अपनाइएकोप्रति विशेष अदालतले आपत्ति जनाएको छ,’ उनले भनिन्, ‘कि प्रमुख आयुक्त आफैं बोल्नुपर्‍यो, हैन भने सरकार बोल्नुपर्‍यो । कोही बोल्दैन भने संसद् त बोल्नुपर्‍यो । र महाअभियोग लगाउनुपर्‍यो ।’

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

साथै, उनले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरिन् ।

राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको उनले बताइन् ।

‘राज्यका प्रमुख अंगहरूप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ,’ उनले भने, ‘सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढंगले प्राप्त गरेको अवस्था छैन ।’

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

महँगी दर १४ महिनायताकै उच्च

महँगी दर १४ महिनायताकै उच्च

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

सांगीतिक क्षेत्रका प्रेमजोडी

सांगीतिक क्षेत्रका प्रेमजोडी

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V