Offcanvas
Edit Template

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

Share
Share
Share
Share
Share

२ ‍फागुन, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्तालाई विश्वभर चासोका साथ हेरिएको थियो । आआफ्ना मुलुकका निर्वाचनबाट पुनस् जनादेश प्राप्त गरी शासनमा पुनरागमन गरेपछि यी दुई नेताको पहिलो भेट थियो ।

पहिलो र पाँचौं ठूलो अर्थतन्त्र भएका देशका कार्यकारीको भेट उसै पनि महत्वपूर्ण हुने नै भयो । त्यसमा पनि ट्रम्पले जताततै लगाउन थालेको ट्यारिफ नीति, भारतमा रहेका आप्रवासीहरूलाई भारत पठाउने ट्रम्पको आक्रामक कारबाही, प्यालेस्टिनीहरूलाई अन्य अरब मुलुकमा पठाई गाजालाई नियन्त्रणमा लिएर लिएर पुनर्निर्माण गर्ने प्रस्ताव र रुस–युक्रेन युद्धको अन्त्यको लागि ट्रम्पले लिने नीतिमा मोदीको धारणा कस्तो रहला भन्नेमा धेरै चासो थियो ।

निकै महत्वपूर्ण ठानिएको भेटवार्ताले माथि उल्लेखित चासोहरूको कति सम्बोधन गर्‍यो ? भारतीय विश्लेषकहरू भने भेटवार्ता ऐतिहासिक बन्न नसकेको बताउँछन् ।

मोदी युरोपका अन्य देशहरूको भ्रमण सकेर अमेरिका पुगेका थिए । बिहीबार फ्रान्सबाट अमेरिका पुगे पनि राष्ट्रपति ट्रम्पसँग शुक्रबार मात्रै भेटघाट भएको थियो । त्यसैले यसपटकको भ्रमणमा न मोदीले अमेरिकालाई मात्र केन्द्रमा राखेको देखिन्थ्यो, न ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मोदीलाई स्वागत गर्दा दिएजति न्यानो थियो ।

यसका बाबजुद ट्रम्प–मोदी भेटवार्तामा मुख्य ६ विषयमा चर्चा भयो । भेटवार्तापछि पत्रकार सम्मेलनमा जारी संयुक्त प्रेस नोटमा उनीहरूले भारतको व्यापार घाटा कम गर्नेदेखि तेल, ग्यास तथा करका विषयमा विस्तृत कुराकानी भएको उल्लेख गरे ।

बीबीसीका अनुसार ट्रम्पले भारतलाई पनि अन्य देशकोजस्तै समानान्तर ट्याक्स लगाउने नीति आफ्नो रहेको जानकारी गराएका थिए । यस्तै, मोदीले व्यापार घाटालाई सन्तुलित बनाउने विषय उठाएका थिए । यस्तै, अत्याधुनिक एफ–३५ सैन्य विमान खरिदको विषयमा समेत छलफल भएको थियो ।

‘जति ट्याक्स अर्को देशले अमेरिकामाथि लगाउँछ, अमेरिकाले पनि सोही अनुसारको ट्याक्स उनीहरूमाथि पनि लगाउँछ। यसमा कुनै देशलाई कम र बढी भने हुँदैन,’ ट्रम्पको भनाइ थियो ।

यसका साथै ट्रम्पले मुम्बई हमलाको विषयमा भारतमा प्रतिबन्धित तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने बताएका छन् । अमेरिकी जेलमा बन्दी रहेका राणालाई भारत ल्याउने प्रयास जारी थियो ।

भेटपछि मोदी र ट्रम्पले पत्रकारहरूसँग अमेरिका र भारतले अब ग्यास, सुरक्षा, टेक्नोलोजी तथा व्यापारका विभिन्न ६ आयामबारे सम्झौता गर्ने तहमा पुगेको बताए ।

१. अवैध भारतीय आप्रवासी

ह्वाइट हाउसमा प्रेसमिटका क्रममा मोदी र ट्रम्पले दुवै देशका प्रशंसा गरेका थिए ।मोदीले ट्रम्पको नारा ‘मेक अमेरिका ग्रेट अगेनु लाई प्रशंसा गर्दै मेक इन्डिया ग्रेट अगेन’को अपिल गरे । उनले दुवै लोकतान्त्रिक देशको समृद्धका लागि मेगा पार्टनरशीप हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले सन् २०३० सम्‍म अमेरिकासँग भारतले व्यापार दोब्बर गर्ने बताए। अमेरिकामा रहेका अवैध भारतीयहरूबारे चर्चा गर्दै मोदीले अहिले केही आप्रवासीहरूलाई मानव तस्करहरूले ओसारपोसार गरेर अमेरिका ल्याउने गरेको र त्यो कुरा स्वयम आप्रवासीलाई पनि थाहा नभएको हुन सक्‍ने बताए ।

मोदी

उनले भने,‘अमेरिका आउनेहरू साधारण परिवारका मानिसहरू हुन् जसलाई धेरै ठूलो सपना देखाएर यहाँ ल्याउने गरिन्छ। उनले सजिलै सिकार हुने युवाहरूलाई सचेत गराउँदै भनेका छन्, ‘मानव तस्करीहरूमाथि कडा निगरानी राख्नु जरूरी छ, जसलाई अमेरिकामा गैरकानुनी तरिकाबाट आउनका लागि मुर्ख बनाइन्छ ।’

ट्रम्पले जबदेखि अमेरिकामा राष्ट्रपतिको जिम्‍मेवारी सम्लेका छन्, उनले आफ्नो सैन्य विमानमार्फत भारतीय अवैध आप्रवासीलाई अमेरिकाबाट फर्काइसकेका छन् । तर, भारतीय विदेशमन्त्रीले अवैध भारतीय आप्रवासी पठाउँदा कुनै दुर्व्यवहार नगर्न आग्रह गरेका छन् ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V