Offcanvas
Edit Template

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

Share
Share
Share
Share
Share

गण्डकी — गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई  प्रदेश सरकारले दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ ।

नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ । यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ ।

प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताए ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V