Offcanvas
Edit Template

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

Share
Share
Share
Share
Share

१० साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)ले १७औं संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी-२० फर्म्याटमा हुनेछ।

भारत र पाकिस्तानलाई समूह ए मा राखिएको छ जहाँ ओमान र आयोजक यूएई पनि छन्। भारत र पाकिस्तानबीचको प्रतिक्षित भिडन्त सेप्टेम्बर १४ मा हुनेछ। यदि दुवै टोली फाइनलसम्म पुगेको अवस्थामा थप दुई खेलमा आमनेसामने हुने सम्भावना रहन्छ।

 

समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ छन्। बंगलादेश र हङकङबीच उद्घाटन खेल सेप्टेम्बर ९ मा हुनेछ। समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोर चरणमा पुग्नेछन्, जहाँबाट शीर्ष दुई टोली सेप्टेम्बर २८ मा हुने फाइनलमा भिड्नेछन्।

भारत यस संस्करणको आधिकारिक आयोजक भए पनि भारत र पाकिस्तानबीचको सहमतिअनुसार तटस्थ स्थानमा हुन लागेको हो । यसअघि पनि च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानविरुद्ध दुबईमा खेलेको थियो।

 

भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो, जसले २०२३ को संस्करणमा श्रीलंकालाई फाइनलमा पराजित गरेको थियो। यसअघि २०२२ को टी-२० संस्करणमा श्रीलंकाले पाकिस्तानलाई हराएर उपाधि जितेको थियो।

सन् २०२३ को एसिया कप नेपालले पनि खेलेको थियो । एसीसी प्रिमियर कपको उपाधि जितेर त्यसबेला एसिया कप खेलेको नेपाल यसपटक भने शीर्ष २ तथा तेस्रो पनि हुन नसक्दा एसिया कपबाट वञ्चित भएको थियो ।

एसिया कप २०२५ पूर्ण तालिका

समूह चरण
९ सेप्टेम्बर (मंगलबार): अफगानिस्तान भर्सेस् हङकङ
१० सेप्टेम्बर (बुधबार): भारत भर्सेस् यूएई
११ सेप्टेम्बर (बिहीबार): बंगलादेश भर्सेस् हङकङ
१२ सेप्टेम्बर (शुक्रबार): पाकिस्तान भर्सेस् ओमान
१३ सेप्टेम्बर (शनिबार): बंगलादेश भर्सेस् श्रीलङ्का
१४ सेप्टेम्बर (आइतबार): भारत भर्सेस् पाकिस्तान
१५ सेप्टेम्बर (सोमबार): श्रीलङ्का भर्सेस् हङकङ
१६ सेप्टेम्बर (मंगलबार): बंगलादेश भर्सेस् अफगानिस्तान
१७ सेप्टेम्बर (बुधबार): पाकिस्तान भर्सेस् यूएई
१८ सेप्टेम्बर (बिहीबार): श्रीलङ्का भर्सेस् अफगानिस्तान
१९ सेप्टेम्बर (शुक्रबार): भारत भर्सेस् ओमान

सुपर ४
२० सेप्टेम्बर (शनिबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२१ सेप्टेम्बर (आइतबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२२ सेप्टेम्बर (सोमबार): विश्राम दिन
२३ सेप्टेम्बर (मंगलबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२४ सेप्टेम्बर (बुधबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२५ सेप्टेम्बर (बिहीबार): समूह ए क्वालिफायर २ भर्सेस् समूह बी क्वालिफायर २
२६ सेप्टेम्बर (शुक्रबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर १
२७ सेप्टेम्बर (शनिबार): विश्राम दिन

फाइनल
२८ सेप्टेम्बर (आइतबार): फाइनल खेल

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V