Offcanvas
Edit Template

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

Share
Share
Share
Share
Share

काठमाडौं । सरकारले ल्याएको अध्यादेशको प्रक्रियामै प्रश्न गरिरहेको प्रतिपक्षी दल र अध्यादेशबाट शासन गर्न खोज्नु निरंकुशतातर्फको बाटो तय गर्नु भनिरहेको कांग्रेसको एक पक्षका कारण प्रधानमन्त्री केपी ओली तनाब र दबाबमा देखिन्छन् ।

अध्यादेश जसरी पनि पारित हुने भन्दै प्रधाननमन्त्री केपी ओलीले बालुवाटारमा आउने नेताहरुलाई चिन्ता नलिन भनिरहेका छन् ।

यस्तोमा ओलीले दिने आश्वासन भने जटिलतातर्फ नै केन्द्रित देखिन्छ । अध्यादेश राष्ट्रियसभामा फेल हुने देखिएपछि सरकार निर्णयार्थ पेश गर्नबाट पछि हटिरहेको छ । तर, एमाले भने अध्यादेशलाई सहजै पारित हुने दाबी गरिरहेको छ । त्यसकालागि वैकल्पिक बाटो समेत अपनाउने भन्दै दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।

पोखरेलले यस्तो किन बोले ? यसका पछाडीको कारण हो ? दल विभाजनसम्बन्धिको कानूनमा खुकुलो व्यवस्था गरेर संसदबाटै बहुमतले कानून निर्माण गर्ने । दलसम्बन्धिको कानूनका केहि धाराहरु निष्क्रिय रहेकाले अहिले यो विवाद अदालतमा समेत चलिरहेको छ ।

यस्तोमा प्रतिस्थापन विधयेकमार्फत कानून निर्माण गर्दा सहज स्थिति सिर्जना गरेर दल विभाजन गराएर भएपनि बहुमत पुग्छ भन्ने दबाब नेकपा एमालेले दिन खोजेको देखिन्छ । यसको मुख्य निशानामा छ, नेकपा एकीकृत समाजवादी ।

नेकपा एसका नेताहरुले अध्यादेश माग गर्दै पार्टी विभाजनको प्रयास गरेपनि त्यो सफल हुन सकेको थिएन् । तर, पछिल्लो समय अब एमाले–कांग्रेसले यसलाई हतियारको रुपमा प्रयोग गर्दै राष्ट्रियसभामा बहुमत पु¥याउने कसरत थालेका छन् ।

कांग्रेसको असन्तुष्टी

कांग्रेस नेताहरुले अध्यादेशमाथि चर्को विरोध गरिरहेका छन् । मधेस केन्द्रित सबै दलहरुले भूमिसम्बन्धि अध्यादेश अस्वीकार गर्ने निर्णय गर्ने तयारी तीब्र पारेका छन् । जसपा र लोसपाले त निर्णय नै गरिसकेका छन् । यस्तोमा कांग्रेसभित्रको असन्तुष्टी पनि रोचक बन्ने देखिन्छ । कांग्रेसको इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुृसताको अभ्यास भनिरहेका छन् ।

विपक्षीमा रहेका मात्रै नभई कुनैबेला देउवाको अत्यन्तै निकटका भनिने एनपी साउद पनि यसको विपक्षमा देखिन्छन् । यस्तो स्थितिले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टी पनि निर्णयक बन्ने त होइन भन्ने खतरा देखिन्छ ।

निशानामा माधव

नेकपा एमालेले घोषित रुपमै माधव नेपालबाहेक सबैलाई स्वागत गर्ने भनिरहेको छ । महासचिव शंकर पोखरेलले माधवलाई एमालेमा कुनै स्थान नरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । तर, अध्यादेशको संकटपछि फेरि कांग्रेसले पहल गरेर राष्ट्रियसभामा साथ खोज्ने प्रयत्न गर्ने भनेको छ ।

यसमा प्रधानमन्त्री केपी ओलीको पनि भरपुर समर्थन देखिन्छ । तर, माधव अध्यादेशमा समर्थन गर्न सहमत होलान ? शंका र चासो बढेको छ । तर, माधवलाई कांग्रेसले दल विभाजनसम्बन्धिको अध्यादेश रोक्न खेलेको भूमिकादेखि अनेक राजनीतिक विषय राखेर दबाब भने बढाउन थालेको चर्चा चलिरहेको छ । यस्तोमा नेकपा एसमा रहेका सांसदहरुको हलचलले पनि माधवलाई दबाब देखिन्छ ।

माओवादी फ्याक्टर

माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकट छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने सवालमा समेत माधवले लचकता देखाएका छन् । यसरी माधवले प्रचण्डलाई नकार्ने स्थिति बिरलै बन्ने गरेको छ भने माओवादी केन्द्रका नेताहरुले नेकपा एससँग पार्टी एकता हुने सम्भावना रहेको बताउने गरेको छ ।

यस्तोमा माधवलाई प्रचण्डले सहजै प्रधानमन्त्री केपी ओलीको सामिप्यमा जान दिनेमा भने शंका छ । बरु अहिले गर्ने भनिएको सम्बादले नै सत्ता उलटफेरमा निर्णायक कदम चाल्ने स्थिति बन्नसक्ने अवस्था छ । नेकपा एसले कांग्रेसले गरेको भनिएको निर्णयलाई स्वागतयोग्य भनेको छ । तर, यसको राजनीतिक अर्थ के हुने भन्ने विषय भने गम्भीर देखिन्छ ।

अध्यादेश पारित गराउने नाममा हुने छलफलले तत्काल कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने गरि वार्ता छलफल समेत हुने स्थिति बन्नसक्ने चर्चा छ । भने माओवादी फ्याक्टरले यसमा ठूलो भूमिका खेल्नेछ ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

टेलिग्राममाथि प्रतिबन्ध : तलाउ फोहोर भए त्यसलाई पुर्ने कि सफा गर्ने ?

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V