Offcanvas
Edit Template

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

Share
Share
Share
Share
Share

गत १९ जुलाईमा र्‍यापर लिल झोलाले दुई लाख १० हजार सब्सक्राइबर भएको आफ्नो युट्युब च्यानलमा एउटा म्युजिक भिडियो अपलोड गर्छन् – नवराज ।

इन्टरनेटमा पाइने विभिन्न भिडियोहरूको क्लिप काटेर गीतको कामचलाउ भिडियो बनाइएको छ । गीतमा अर्का र्‍यापर नवाज अन्सारीलाई उडाइएको छ । अनपेक्षित रूपमा लिल झोलाको गीतले भ्युज बटुलेको छ ।

इजको साकार पधिकारी, सकारको ‘नेपहपको बाटो – भात खाने बाटो’, न्यास्टीको अनरिटन – यी सबै डिस ट्र्याकहरू हुन् । र, खोज्दा यी बाहेक थुप्रै यस प्रकारका गीत भेटिन्छन् ।

र्‍याप संगीतको संसारमा ‘डिस’ सामान्य छ । एउटा र्‍यापरले अर्कोलाई गीतमार्फत चुनौती दिने, आलोचना गर्ने वा खिल्ली उडाउने कार्यलाई डिस भनिन्छ । यसलाई र्‍यापरहरू बीचको ‘बिफ’ पनि भनिने गरिएको छ ।

अहिले त यो हिप-हप संस्कृतिको अभिन्न हिस्सा बनिसकेको छ । बाहिरबाट हेर्दा डिस संस्कृतिले प्रतिस्पर्धा, रचनात्मकता र व्यक्तिगत अभिव्यक्तिलाई मूर्त रूप दिन्छ । तर, सधैं राम्रो हुन्छ भन्ने हुँदैन ।

विश्वमा डिसको उदय

विश्वमा र्‍यापको सुरुवातसँगै डिसको जन्म भएको पाइन्छ । यसैगरी नेपहप (नेपाली हिप-हपलाई जनाउने शब्द) मा पनि समान इतिहास पाइन्छ । तर इतिहास हेर्दा र्‍यापमा डिसको जन्म पनि हिप-हपको उद्गमस्थल न्यूयोर्क, ब्रोक्समै भेटिन्छ ।

सन् १९७० को दशकतिर डीजे र एमसीहरू सडकमै गरिने सांगीतिक कार्यक्रममा एक अर्कालाई ‘फ्रीस्टाइल’ मार्फत चुनौती दिन्थे । यी ‘ब्याटल र्‍याप’हरू प्रायः मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा हुन्थे । तर यहीँ संस्कृतिले डिस ट्र्याकको अवधारणालाई जन्म दियो ।

सन् १९८० को दशकमा इस्ट कोस्ट र्‍यापरहरूले डिसलाई मूलधारमा ल्याए । विशेषगरी ‘एलएल कुल जे’ र ‘केआरएस वन’ जस्ता कलाकारहरूले आफ्ना गीतहरूमा प्रतिस्पर्धीहरूलाई निशाना बनाएर डिस ट्र्याकहरू बनाए । उदाहरणका लागि केआरएस वनको ‘ द ब्रिज इन ओभर’ (१९८७) ले न्यूयोर्कका दुई र्‍याप समूहहरू बीचको प्रतिस्पर्धालाई उजागर गर्छ ।

त्यस्तै १९९० को दशकमा टुपाक शकर र द नोटोरियस बीआईजीका डिस ट्र्याकहरू प्रख्यात रहे । तिनमा टुपाकको ‘हिट देम अप’ (१९९६) र बीआईजीको ‘हु शट या? (१९९५) जस्ता गीतहरूले थिए । तर एक हिसाबले यो संस्कृति हिंसामा बदलियो । दु:खद् रूपमा दुवै र्‍यापरहरूको हत्या (टुपाक १९९६ मा र १९९७ मा बीआईजी) हुन गयो ।

सन् २००० को दशकमा नास र जे-जेड बीचको बिफले डिसलाई कलात्मक उचाइमा पुर्‍यायो । नासको ‘इथर’ र जे-जेडको ‘टेकओभर’ शब्द कौशल र रचनात्मक हिसाबले उत्कृष्ट थिए । अनि उनीहरूको बिफ व्यक्तिगतभन्दा बढी कलात्मक प्रतिस्पर्धामा केन्द्रित थियो । यहीँ कारण पछि दुवै र्‍यापरले एकअर्कासँग मेलमिलाप गरे ।

त्यससपछि भने एमिनेम र मेसिन गन केली (एमजीके) बीचको बिफले डिसको नयाँ रूप देखायो । किनकि सामाजिक सञ्जालको उदा भइसकेको थियो । धेरैका लागि डिस ट्र्याक मनोरञ्जनको स्रोत पनि बन्यो । एमजीकेको ‘र्‍याप डेभिल’ र एमिनेमको ‘किलशट’ केही उदाहरण हुन् ।

नेपालमा डिसको उदय

नेपालमा र्‍याप संगीत १९९० को दशकको अन्त्यतिर र २००० को दशकको सुरुवातमा फस्टाउन थालेको थियो । यसबेलै डिस संस्कृतिको पनि प्रवेश भएको मानिन्छ । त्यो समय (अहिले पनि छ) नेपाली र्‍याप दृश्यमा डिस व्यक्तिगत प्रतिस्पर्धा र स्थानीय पहिचानसँग जोडिएको थियो ।

पछि यम बुद्धले रअ बार्ज नामक र्‍याम ब्याटल सुरु गरे । त्यसमा अन्डरग्राउन्ड सिनमा रहेका धेरै र्‍यापर आए । र, एक हिसाब ब्याटल गर्नेसँगसँगै डिस संस्कृतिलाई पनि बढावा थिए । त्यसपछिका समयहरूमा होम रेकर्डिङ र युट्युब जस्ता सञ्जालहरूको कारण धेरै र्‍यापरहरूले क्रमश; डिस ट्र्याक निकाल्दै गए।

डिसका कारण र प्रभाव

र्‍यापरहरूबीच डिस सामान्य जस्तै छ । तर डिस ट्र्याक निकाल्नुका कारण भने एउटा मात्र हुँदैन । यो व्यक्तिगत कुरासँग सम्बन्धित छ । तर विश्वभरका डिस ट्र्याक र र्‍‍यापरहरूलाई हेर्दा केही समान कारणहरू निकाल्न सकिन्छ:

प्रतिस्पर्धा

र्‍यापमा ‘ब्याटल’को संस्कृति पुरानो हो । यसमा एकलेअर्कालाई प्रत्यक्ष चुनौती दिने गरिन्छ । भनौं एक अर्कामा राम्रो, रचनात्मक र शक्तिशाली को छ भनेर देखाउन ब्याटल गर्ने गरिन्छ । यसै सिलसिलामा र्‍यापरहरूले आफ्ना प्रतिद्वन्द्वीहरूको कमजोरी औंल्याउँदै सन्दर्भ ल्याउँछन् । जहाँबाट डिस ट्र्याक जन्मन सकिन्छ ।

ध्यान र चर्चा

कहिलेकाहीँ नयाँ र्‍यापरहरूले स्थापित र्‍यापरहरूलाई डिस गरेर छोटो समयमा चर्चामा आउँछन् । किनकि स्थापितमाथि डिस हान्दा मिडिया र दर्शकहरूको ध्यान खिचिन्छ । त्यस्तै स्थापित र्‍यापरहरूले पनि आफ्नो सान्दर्भिकता कायम राख्न वा नयाँ एल्बम (एकल पनि)को प्रचार गर्न डिसलाई प्रयोग गर्न सक्छन् ।

व्यक्तिगत रिस र विवाद

कतिपय अवस्थामा र्‍यापरहरूबीच व्यक्तिगत विवाद हुँदा त्यसको अभिव्यक्तिका लागि डिस ट्र्याक माध्यम हुने गर्छ । यस्तो डिस ट्र्याकमा उनीहरूको रिस, निराशा वा बदलाको भावना व्यक्त हुने गर्छ ।

प्रचारको रणनीति

कतिपय रेकर्ड लेबल वा व्यवस्थापकहरूले पनि र्‍यापरहरूलाई अर्को र्‍यापरहरूसँगको बिफ अर्थात् झगडालाई प्रोत्साहन दिन्छन् । यसले उनीहरूको संगीतको प्रचार गर्न सहयोग पुर्‍याउँछ । र, मिडिया कभरेज पनि दिलाउन सहयोग पुग्छ ।

तर सबै अवस्थामा यो संस्कृति राम्रो हुँदैन । जब डिस ट्र्याकहरू ट्र्याकभन्दा बाहिर जान्छन्, त्यस्तो अवस्थामा त्यसले अकल्पनीय घटना निम्त्याउन सक्छ । यसबाहेक कतिपय नराम्रा कुराहरू पनि यसबाट प्रचार भइरहेका हुन्छन् । धेरै जना (विशेषत: किशोरकिशोरी) गलत तरिकाले प्रभावित हुन सक्छन् । यस्तोमा भने सम्बन्धित र्‍यापरहरूले ध्यान दिन जरुरी छ ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V