Offcanvas
Edit Template

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

Share
Share
Share
Share
Share

काठमाडौँ — दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता फागुन १४ देखि हुने भएको छ  । फागुन २१ सम्म चल्ने प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीले सहभागिता जनाउने आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए ।

प्रतियोगितामा थ्रीस्टार, मछिन्द्र, हिमालयन शेर्पा, संकटा क्लबसहित हनामी भरतपुर एफसी, झापा ११, जोङ्री एफसी सिक्किम र आयोजक कपिलवस्तु ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । अध्यक्ष थापाले फाइनलपछि डालोमा राखेर पुरस्कार दिइने बताए । उत्कृष्ट खेलाडीलाई ५० हजार, विधागत उत्कृष्ट खेलाडीले जनही ३० हजार र प्रत्येक खेलका म्यान अफ म्याचले १० हजार पाउनेछन् ।

गत वर्ष भरतपुरले उपाधि जितेको थियो । कपिलवस्तु र ऐतिहासिक गौतम बुद्धको जन्मस्थल तिलौराकोट र स्थानीय पर्यटकीय महत्वको क्षेत्रलाई प्रवर्द्धन गर्न र चिनाउन मदत पुग्ने विश्वाससहित आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि करिब १ करोड १८ लाख खर्च हुने आयोजकको अनुमान छ । गत वर्ष ७ लाख २५ हजार घाटामा गएको प्रतियोगिताबाट अझै ९ लाख उठ्न बाँकी रहेको अध्यक्ष थापाले बताए । बुद्ध रंगशालामा हुने प्रतियोगितामा प्रत्येक दिन ७ देखि १० हजार दर्शक आउने अनुमान छ । टिकटबाट १५ देखि २० लाख उठ्ने विश्वास अध्यक्ष थापाको छ । रंगशाला घेरेर अस्थायी प्यारापिट बनाउने आयोजकको तयारी छ ।

प्रतियोगिताको संरक्षकको रूपमा बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका तथा प्रदेश खेलकुद परिषद लुम्बिनी रहेका छन् । लुम्बिनी प्रदेशले २० लाखभन्दा बढी सहयोग गर्ने लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बताए । उनले नगदको हिसाबमा यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रतियोगिता भएको दाबी गरे ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

पुलिससामु ब्ल्याक बुल्सको चुनौती

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V