Offcanvas
Edit Template

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

Share
Share
Share
Share
Share

कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ । मस्तिष्कले आफ्नो कार्यक्षमता गुमाउँदै गएपछि यस्तो समस्या हुनसक्छ । जब हामी बुढ्यौलीतर्फ ढल्कन थाल्छौं, मस्तिष्कको अवस्था उस्तै रहँदैन ।

जबकि यो समस्या बालबालिका, किशोर वा युवा उमेरमा पनि देखिन सक्छ । र, यो उमेर चरणमा मस्तिष्कको कार्य क्षमता कमजोर भएमा त्यसले उनीहरुको काम, पढाई, करियर जस्ता धेरै कुरामा प्रत्यक्ष असर गर्न थाल्छ ।

यसबाट कसरी जोगिने त ? वा कसरी मस्तिष्कको कार्य क्षमता बढाउने ?

मल्टी भिटामिन

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनको एक अध्ययन अनुसार दैनिक एक मल्टिभिटामिन सेवन गर्दा मस्तिष्कका लागि लाभदायक हुन्छ । यसले मस्तिष्कको कार्य संचालनमा सहयोग गर्छ । पढ्ने, लेख्ने, सिक्ने, स्मरण गर्ने क्षमता बढाउँछ ।

गहिरो निद्रा

पर्याप्त वा गहिरो निद्रा लिनु एकदमै जरुरी छ । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीका शोधकर्ताहरुले के पाए भने जीवन र मस्तिष्कको कामकाज उत्कृष्ट बनाउन निद्राको गुणवत्ताले महत्वपूर्ण भूमिका खेल्छ । राम्रो वा गहिरो निद्राले मस्तिष्कलाई ताजा र चुस्त राख्न सहयोग गर्छ ।

व्यायाम

डेनमार्कको कोपेनहेगन विश्वविद्यालयका शोधकर्ताले १८ देखि ३५ बर्ष उमेरसमूहका पुरुषहरुमा एउटा प्रयोग गरेका थिए । त्यस क्रममा उनीहरुले के पाए भने, जसले दिमागी काम गर्नुअघि व्यायाम गरेका छन्, उनीहरुको कार्यकुशलता पनि बढेको थियो ।

कफी

कतिपय अध्ययनबाट के पाइएको छ भने कफी पिउँदा पनि मस्तिष्कको कार्यसंचालन राम्रो हुन्छ । जोन्स हप्किन्स युनिभर्सिटीको एक अध्ययन अनुसार प्रतियोगीलाई २०० मिलिग्राम क्याफिन ट्याबलेट दिएपछि उनीहरुको स्मरण क्षमता तुलनात्मक रुपमा राम्रो देखिएको थियो ।

केही अरु खानेकुरा

च्याउ, डार्क चकलेट, दालचिनी जस्ता केही प्रकारका खानेकुराले पनि मस्तिष्कको कार्यक्षमतामा सुधार ल्याउँछ ।

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V